Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशभक्तपुरबाट ढलमा खसेका सिन्धुलीका ट्रक ड्राइभरको शव ललितपुरमा भेटियो

भक्तपुरबाट ढलमा खसेका सिन्धुलीका ट्रक ड्राइभरको शव ललितपुरमा भेटियो


भक्तपुर, ३० जेठ । चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्रयाककमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ ।

बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।

ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए । बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस