Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौंको गोंगबुमा टाउको विनाको शव फेला

काठमाडौंको गोंगबुमा टाउको विनाको शव फेला


काठमाडौं, २५ साउन । काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै टाउको विनाको शव फेला परेको छ।

आइतबार बिहान टोखा नगरपालिका–१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।

सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

उनका अनुसार शव पहिचान भइसकेको छैन । परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस