Techie IT
×
गृहपृष्ठप्रदेशरुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गयो


रुपन्देही, २४ साउन । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका ३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सिद्धार्थ नगरपालिका(४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भइरहेको छ ।

नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार