Techie IT
×
गृहपृष्ठप्रदेश‘ओ’पोजिटिभको सट्टा ‘बी’ पोजिटिभ रगत चढाएपछि सुत्केरीको मृत्यु

‘ओ’पोजिटिभको सट्टा ‘बी’ पोजिटिभ रगत चढाएपछि सुत्केरीको मृत्यु


महोत्तरी, २३ साउन । महोत्तरीमा एक सुत्केरीको ज्यान गएको छ । ओ’पोजिटिभ रगत चढाउनुपर्ने ठाँउमा ‘बी’ पोजिटिभ समूहको रगत चढाएपछि सुत्केरीको अस्पतालमा ज्यान गएको छ ।

सुत्केरी व्यथा लागेपछि बीहीबार जनकपुरको रामजानकी अस्पताल भर्ना भएकी महोत्तरी गौशाला ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो । अस्पताल र रेडक्रस सोसाइटीको गम्भीर लापर्वाहीले गंगादेवीको ज्यान गएको परिवारजनले जनाएको छ ।

शल्यक्रियामार्फत छोरी जन्माएकी गंगादेवीको शरीरमा रगत अभाव हुँदा अस्पतालले महिलाको रगत नमुना लिएर परिवारजनलाई अस्पतालले रेडक्रस पठाएको थियो । बी पोजिटिभ रगत चढिसकेको कारण त्यसले प्रतिक्रिया गरेको र सुत्केरीको अवस्था गम्भीर भएर राति ८ बजे ज्यान गएको मृतकका पति राजकिशोर महतोले बताए ।

रेडक्रसले दिएको दुई पोका रगत चढाएपछि मात्रै एक पोका बी पोजेटिभ भएको खुलासा भएको थियो । रेडक्रस र अस्पतालको चरम लापर्वाहीले श्रीमतीको मृत्यु भएको महतोले दुखेसो पोख्नुभएको छ । मृतकका परिवारजनले घटना मिलाउन प्रहरी प्रशासन र अस्पतालबाट दबाब आइरहेको जानकारी दिएका छन् ।

अस्पतालका सञ्चालक गणेश साहले अस्पतालको नभइ रेडक्रसको लापर्वाहीले सुत्केरीको मृत्यु भएको बताए । यसअघि पनि रामजानकी हस्पिटल प्रालीमा पटक–पटक अस्पतालको लापर्वाहीले धेरैको ज्यान गइसकेको छ ।

प्रहरीले यो घटनामा रामजानकी अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरेको छ । दुई जना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #ram janaki hospital


तपाईको प्रतिक्रिया दिनुहोस