Techie IT
×
गृहपृष्ठसमाचारलकडाउनको अवधिमा आपराधिक घटनामा व्यापक कमी

लकडाउनको अवधिमा आपराधिक घटनामा व्यापक कमी


कोरोना भाइरसको संभावित जोखिम कम गर्न सरकारले लागू गरेको देशव्यापी लकडाउनको करीव तीन महिने अवधिमा समाजमा आपराधिक घटनामा व्यापक कमी आएको छ । लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुने आशमा नागरिकहरु घरमा नै बस्दा आपराधिक घटनाहरुमा कमी आएको सुरक्षा निकायहरुको रिर्पोटले देखाएको छ । एकातिर रोगको डर र अर्कोतिर बन्दाबन्दीको अवस्थाले नागरिकहरुलाई आफ्नै सुरक्षामा बढी केन्द्रीत गरेका कारण आपराधिक घटनाहरु तुलनात्मक रुपमा कम भएको प्रहरी रेकर्डले देखाएको छ । समाज नै कोरोना केन्द्रीत भएका कारण समाजले अपराधबाट पनि लकडाउनकै अवधिभर भए पनि केही राहत महसुस गरेको पाइएको छ ।

सरकारले देशभर कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्यामा नागरिकले आत्महत्या गरे भन्ने समाचारहरु अफवाहपूर्ण रहेको तथ्य गृहमन्त्रालयको तथ्याङ्कले बाहिर ल्याएको छ । लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको भन्ने प्रचारलाई गृह मन्त्रायको तथ्यांकले नै गलत साबित गरेको छ । लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको भनी प्रहरी स्रोतको हवाला दिदै गरिएका प्रचारहरु मिथ्याङ्क भएको गृहमन्त्रालयको तथ्याङ्कले स्पष्ट पार्दछ ।

लकडाउनले नागरिकको दैनिकी, सामाजिक क्रियाकलापमा नै बन्देज लगाएको तथा मनोवैज्ञानिक रुपमा नागरिक पहिले आफू सुरक्षित हुने मनोविज्ञानमा केन्द्रीत भएकोले पनि मानिसलाई तुलनात्मक रुपमा कम अपराधमा सीमित गरेको तथ्यहरुले देखाएका छन् । कोरोना महामारीका बीच जारी लकडाउन, रोजगारी गुम्ने, व्यवसाय डुब्ने अवस्था, भविष्यको अनिश्चिता जस्ता कठिन परिस्थितिहरुबाट गुज्रदै गर्दा पनि नागरिक समाज तुलनात्मक रुपमा सभ्य र संयम देखिनुमा सुरक्षा निकायहरुको र खासगरी प्रहरीको गस्ती र निगरानीले पनि सकारात्मक भूमिका खेलेको देखिन्छ ।

समग्रतामा आपराधिक घटनाको कमी आउनुले एकातिर नागरिकमा सकारात्मक सोच, व्यवहारमा वृद्धि हुँदै गएको, सुरक्षाकर्मी र खासगरी नागरिकसँग पहिलो लाइनमा जोडिने सुरक्षा निकाय प्रहरीको भूमिका सक्रिय र फलदायी हँुदै गएको तथा कोरोना भाइरसको त्रासले मानिसको सोंचमा परिवर्तन ल्याएको तथ्यहरुले देखाएका छन् ।

निश्चय नै अपराधशून्य, आत्महत्या शून्य अवस्थामा नेपालको लकडाउन अवधि रहेको देखिएको होइन । समाजमा यस्तो अवस्थाको कल्पना शायदै गरिन्छ । तर तुलनात्मक रुपमा घटेका कम घटनाहरुले भने सकारात्मक संकेत गरेका छन् ।

हेर्नुहोस कसरी, कति संख्या र प्रतिशतमा कमी आयो आपराधिक घटनामाः

३० जेठ, २०७७ प्रकाशित


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस