३२ गतेसम्म मकवानपुर प्रवेशमा रोक
काठमाडौं, २३ साउन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।
‘सरकारी तथा निजी कार्यालय एवं संघसंस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइने छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार
ट्याग : #breaking,
#Corona