कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु
काठमाडौं, २३ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् ।
पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले जानकारी दिए ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #breaking,
#Corona