Techie IT
×
गृहपृष्ठसमाचारपोखरी तथा खोलामा डुबेर मृत्यु

पोखरी तथा खोलामा डुबेर मृत्यु


काठमाडौं, २३ साउन ।धनुषा, मिथिला नगरपालिका(१ लक्ष्मी निवासस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका(२ नक्टाझिज बस्ने २२ वर्षीय अनिल महतोको बिहीबार मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जानकी मेडिकल कलेज रम्दैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका(७ खरौला बस्ने बाल कुमार चौधरीको छोरा ९ वर्षीय शिशिर चौधरीको घर नजिकै रहेको चोरीखोलामा डुबेर बिहीबार मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा डुबेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा सोही खोलाको किनारमा उनको शव फेला पारेको हो ।

सिरहा, नराह गाउँपालिका(५ बछर्वा बस्ने रामेश्वर शर्माको १८ महिनाको छोरा राज कुमार शर्मा घर नजिकै रहेको पोखरीमा डुबेर बिहीबार मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिर्चैयास्थित अनुराधा पोली क्लिनिक चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस