धादिङ, २३ साउन । गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका–१४ बस्ने ३१ वर्षीय बिकाश तामाङको ८ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त रकम लुटी गरी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार