Techie IT
×
गृहपृष्ठसमाचारजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, २३ साउन । रुपन्देही, मायादेवी गाउँपालिका(१ खोदखोदिया बस्ने २५ वर्षीय प्रभुदयाल मिश्रलाई १५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिश्रले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, चौदण्डीगढी नगरपालिका(६ सातधारे बस्ने २५ वर्षीय सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस