Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसिरहामा कोरोना संक्रमणबाट युवकको मृत्यु

सिरहामा कोरोना संक्रमणबाट युवकको मृत्यु


सिरहा, २३ साउन । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका १२ निवासी २२ बर्षीय युवकको उपचारकै क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

मृगौला रोगी ती युवक नियमित डायलासिसका लागि धरान गएको र उपचारकै क्रममा गएराती मृत्यु भएको प्रजिअ कणेलले बताए ।

मृतक युवक शब सिरहाको गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भईरहेको प्रजिअ कणेलले बताए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस