Techie IT
×
गृहपृष्ठप्रदेशमादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई स्प्रिट प्रहार

मादक पदार्थ सेवन गरी श्रीमती र छोरीलाई स्प्रिट प्रहार


काठमाडौँ, २३ साउन । काठमाडौंको चाबहिलमा मादक पदार्थ सेवन गरी श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि स्प्रिट छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि स्प्रिट छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । पीडितलाई अहिले उपचारका लागि तिलगंगा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

टाउको र अनुहारमा स्प्रिट परे पनि आँखाको ज्योतिमा असर नपरेको चिकित्सकको भनाइ उद्धृत गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । विष्टले मादक पदार्थ सेवन गरी सधैं झगडा गर्ने गरेको पनि खुल्न आएको उनले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार