नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि वीरगञ्जमा एकजनाको मृत्यु

पर्सा, २३ साउन । अस्पतालले उपचार गर्न नमानेपछि वीरगञ्जमा ६४ वर्षीय एक जना पुरुषको ज्यान गएको मृतकका आफन्तले आरोप लगाएका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा वीरग्ज महानगरपालिका ११ श्रीपुरका ६४ वर्षीय चलितर महतोको मृत्यु भएको उनका भाइ शम्भू महतोले बताए।
पर्सा – श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन बिहीबार बिहान नेशनल मेडिकल कलेज लैजाँदा अस्पतालले भर्ना लिन नमानेको हो । परिवारजनले अस्पतालको लापर्वाहीका कारण वृद्धको ज्यान गएको आरोप लगाएका छन् ।
बुधाबार राति पनि शरीरमा समस्या देखिएपछि महतोलाई उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । त्यो बेला अस्पतालले कोरोना परीक्षणको रिपोर्ट माग गरेको थियो । रिपोर्टको कागज नभएकोले बिरामीको भर्ना हुन सकेन ।
महतोको साउन ११ र १५ गते गरी दुई पटक स्वाब परीक्षण भएको थियो । दुवै पटक रिपोर्ट नेगेटिभ आएको थियो । बिहीबार रिपोर्ट हात परेपछि उपचारको लागि फेरि अस्पताल लगेर रिपोर्ट देखाउँदा समेत उपचारको लागि अस्पतालले भर्ना नगरेको मृतकका भाइ शम्भू महतोले बताए ।
‘भर्नाका लागि निकै आग्रह गर्यौँ’, महतोले भने, ‘अस्पतालका सुरक्षाकर्मीहरुले कलेजका एमडीले ९बसरुद्दीन अन्सारी० ले आदेश नदिएसम्म बिरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिए ।’
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद सर्राफले अस्पताललाई लगाएको आरोग गलत भएको बताए । ‘सब गलत कुरा हो, गलत कुरो हो, मिस न्युज हो’, उनले भने।
अस्पतालले भने बदनाम गर्न यस्तो आरोप लगाइएको दाबी गरेको छ ।
क्याटेगोरी : प्रदेश, समाचार
प्रतिक्रिया