Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशखानामा किरा भेटिएपछि आईसोलेसनका संक्रमित भोक हडतालमा

खानामा किरा भेटिएपछि आईसोलेसनका संक्रमित भोक हडतालमा


सप्तरी, २२ साउन । खानामा किरा भेटिएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुले टेबल तथा टेन्ट तोडफोड गरी भोकहडतालमा बसेका छन् ।

सडके चामलको भात पकाएकाले भातमा किरा फेला परेको भन्दै संक्रमितहरु आईसोलेसनभित्रको टेबल र टेन्ट तोडफोड गरी भोकहडतालमा बसेका हुन् । किरा भएको खाना नखाने भन्दै आफुहरु भोक हडतालमा बसेको संक्रमितहरुले बताएका छन् । खानामा सुधार ल्याउन पटक पटक व्यवस्थापनलाई आग्रह गर्दै आएपनि बेवास्ता गरेकाले आक्रोशित युवाहरुले टेबल टेन्ट तोडफोड गरेको संक्रमितहरुको भनाई छ ।

खाना राम्रो नभएको भन्दै आफुहरुले बिरोध गरेपछि सुधार हुनुको साटो झन झन समस्या थपिदै गएकाले सुधार नभएसम्म खाना नखाने संक्रमितहरुको अडान छ । आईसोलेसनमा तोडफोड र तनाब बढ्ेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मी तथा व्यवस्थापकीय टोलीले आईसोलेसन स्थल छाडेर अस्पताल पुगेका छन् ।

आईसोलेसनमा तोडफोड तथा आफुहरुमाथि दुव्र्यवहार भएकाले आईसोलेसन स्थल छाडेर अस्पताल आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बिभिन्न बहानामा पटक पटक आफुहरुमाथि गाली ग्लौज तथा दुव्र्यवहार हुदै आएकाले आइसोलेसन स्थल छाडेको उहाँहरुको गुनासो छ । आईसोलेसनमा भएको घटना बारे प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिरहेको अस्पतालका निमित्त मेसु डा. रञ्जित झाले बताउनुभयो । स्वासथ्यकर्मीहरुले आईसोलेसन छाडेपछि अहिले नेपाली सेनाको टोलीले आईसोलेसनको सुरक्षा गरिरहेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस