कोरोनाबाट वीरगन्जमा थप एक जनाको मृत्यु
वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको हो।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तपाल भर्ना गरिएकोमा सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि पछि भेन्टिलेटरमा राखिएको थियो।
उपचारकै क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो। मृतक मुटु र मधुमेहका बिरामी थिए।
उनी वीरगन्ज बजारमै पसल गर्दै आएको भन्ने खुलेको छ। यद्यपी उनको ट्राभल हिस्ट्री भने देखिएको छैन।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश
ट्याग : #Corona,
#hot