Techie IT
×
गृहपृष्ठसमाचारजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं, २२ साउन ।

डोल्पा,जगदुल्लागाउँपालिका–६ झ्याकोटस्थित भवन निर्माणसम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका–६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतरा र जगदुल्ला गाउँपालिका–४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझपीडितकैघरमा जबरजस्ती करणी गरेको भन्नेखबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका–३ बस्ने २६ वर्षीय रमेशराईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस