Techie IT
×
गृहपृष्ठसमाचारलुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद

लुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद


बारा, २२ साउन । बिश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलबाट लुकाईछिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २० बोरा मल युरिया मल बुधबार बिहानप्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको अधारमा सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उक्त मल नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउनेक्रममा स्थानीयले अवरोध गरीजिल्ला प्रहरी कार्यालयको गाडीमा ढुङ्गामुढा गर्दा अगाडिको सिसा फुटेको छ । ढुङ्गा हान्नेएक पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस