Techie IT
×
गृहपृष्ठसमाचारप्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना संक्रमण पुष्टि !

प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना संक्रमण पुष्टि !


काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षा दलका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona, #hot, #nekapa, #prachanda, #नेकपा, #प्रचण्ड


प्रतिक्रिया दिनुहोस