Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा फेरी ब्यूँतियो जोर/बिजोर प्रणाली

काठमाडौं उपत्यकामा फेरी ब्यूँतियो जोर/बिजोर प्रणाली


काठमाडौं, साउन २१ । साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।

बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो ।  त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने छन्।

सरकारले लकडाउन खुकुलो बनाउने क्रममा पनि यस्तै खालको जोर/बिजोर प्रणाली ल्याएकोमा अहिले फेरी उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले पुनः जोर/ बिजोर प्रणाली ब्यूँताएको हो । कोरोना भाइसर संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो। जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन्।

हिजो मात्रै प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञहरुसँग गरेको परामर्शका क्रममा केहीले जोररबिजोर प्रणालीबाटै सवारी साधन सञ्चालन गर्न सुझाव दिएका थिए।

त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ।
साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न गृहले भनेको छ।

त्यस्तै २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा समेत साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ।

हेर्नुस् गृहको सूचना जस्ताको त्यस्तै


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

प्रतिक्रिया दिनुहोस