Techie IT
×
गृहपृष्ठसमाचारघरको ढोका फोड्दै गरेको अवस्थामा पक्राउ

घरको ढोका फोड्दै गरेको अवस्थामा पक्राउ


भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४७ वर्षीय पेम्बा शेर्पाको घरको ढोका फोड्दै गरेको अवस्थामा सोही नगरपालिका–४ दधिकोट बस्ने सिन्धुली भिमान घर भएका २१ वर्षीय शुक्र तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

तामाङले रातको समयमा ढोका फोड्दै गरेको अवस्थामा घरधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गर्नासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस