Techie IT
×
गृहपृष्ठसमाचारकोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि काठमाडौं प्रशासन कडा रुपमा प्रस्तुत हुँदै

कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि काठमाडौं प्रशासन कडा रुपमा प्रस्तुत हुँदै


काठमाडौं स् कोरोना संक्रमण नियन्त्रण गर्नका लागि काठमाडौं जिल्ला प्रशासन कडा रुपमा प्रस्तुत हुने भएको छ । तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध प्रशासनले कडा कारवाही गर्ने बताएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढंगले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

“कोरोना सकिए झै गरेर लापरवाही गर्ने क्रम बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । संक्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

पछिल्लो समय दिनहुँजसो काठमाडौंमा संक्रमण बढ्दो रुपमा छ । उपत्यका प्रवेश गर्ने नाकाहरुमा परीक्षण गर्दा बढी संक्रमण देखिएको हो । अहिलेसम्म मुलुकमा भयावह अवस्था भइसकेको छैन । तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको प्रष्ट हुन्छ । पछिल्लो समयमा लापरवाही पनि बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौं प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ वा छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले पनि मापदण्ड प्रयोग गरेको पाइएको छैन ।
सर्वसाधारण नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिंडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताए । उनले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताए । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ । संक्रमक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले सरुवा रोग अन्य यस्तै प्रकारका रोगको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ ।

सरकारले यसअघि गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै ४ महिनापछि साउन ५ गतेदेखि बन्दाबन्दी हटाइएको थियो । स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै कोरोना नियन्त्रणको अचुक दबाइ हो ।

पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई समेत कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले बताए । प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन । नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको संख्या बढी देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *