बौद्धबाट अवैध लागूऔषध गाँजा बरामद
काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिका–६ बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित महाराजगंज बस्ने कैलाली टिकापुर नगरपालिका–१ घर भएकी ६० वर्षीया संगिता शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बौद्ध प्रहरीले बा.९० प १५२९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक शर्मालाई पक्राउ गरेको हो ।
त्यस्तै, सर्लाही, लालबन्दी नगरपालिका-८ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा मंगलबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.४९ प ७७६१ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
क्याटेगोरी :
समाचार