Techie IT
×
गृहपृष्ठसमाचारभरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ


बाँके, २१ साउन । राप्तीसोनारी गाउँपालिका–४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन् ।

घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको थाहा पाएपछि सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस