Techie IT
×
गृहपृष्ठसमाचारभरुवा बन्दुकको छर्रा लागेर मृत्यु

भरुवा बन्दुकको छर्रा लागेर मृत्यु


बाग्लुङ, २० साउन । गलकोट नगरपालिका–१० पाण्डबखानी बस्ने १५ बर्षीय मिलन मगरको भरुवा बन्दुकको छर्रा लागेर सोमबार साँझ मृत्यु भएको छ ।
मिलन लगायत ६ जना सोही ठाउँस्थित रमुवा जङगलमा गाईबस्तु हेर्न भनी साथमा भरुवा बन्दुक समेत लिएर गएकोमा उक्त भरुवा बन्दुक अचनाक पड्किँदा मिलनलाई छर्रा लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले मिलनसँग गएका ५ जनालाई भरुवा बन्दुक सहित नियन्त्रणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस