गोंगबु मिलनटोलमा दुईजनामाथी खुकुरी प्रहार

काठमाडौं, २० साउन । काठमाडौं, टोखा नगरपालिका–९ मिलन टोल बस्ने दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई मगानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धारा बस्ने सुनसरी धरान उपमहानगरपालिका–१५ घर भएका ३५ वर्षीय बन्दन लिम्बु र ३० वर्षीय हेम तामाङ रहेका छन् । घाइते दुवै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया