दुई साता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले पुनः कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।
छलफलमा विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका थिए । छलफलको क्रममा कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा कोरोना नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको साथै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया