Techie IT
×
गृहपृष्ठसमाचारअख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २० साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको रउनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

संक्रमित मध्ये एक जना अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको समेत कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस