Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपोखरा विश्वविद्यालय १० महिनादेखि पदाधिकारीबिहीन, ४० हजार विद्यार्थीको भविष्य अन्यौल

पोखरा विश्वविद्यालय १० महिनादेखि पदाधिकारीबिहीन, ४० हजार विद्यार्थीको भविष्य अन्यौल


काठमाडौं । त्रिभुवन विश्विद्यालयपछिकै ठूलो पोखरा विश्वविद्यायल (पीयू) मा बिगत दश महिनादेखि रिक्त रहेका उपकुलपति र रजिष्ट्रारलगायत पदपूर्ति हुन नसक्दा ४० हजार विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

देशमा विकशित राजनीतिक अन्यौल अझ खासगरी आफ्नै पकेटको मान्छे नियुक्ति गर्ने होडबाजीको शिकार शिक्षा क्षेत्रमा देखापारेको शिक्षापवद् तथा विद्यार्थीहरुले भनिरहेका छन् । उपकुलपति, रजिष्ट्रार, डिन, रेक्टर, कन्ट्रोलरजस्ता जिम्मेवार पदहरु १० महिनादेखि रिक्त हुँदा विश्वविद्यालको अस्थित्वमाथि नै गम्भीर संकट पैदा भएको छ ।

स्रोतका अनुसार विश्वविद्यालयका रिक्त पदहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच कुरा नमिल्दा त्यसको सबैभन्दा ठूलो मारमा ४० हजार विद्यार्थीहरु परेका हुन् । कतिपय विश्वविद्यालय र कलेजले लकडाउनका बेला अनलाइन कक्षाहरु सञ्चालन गरेतापनि पोखरा विश्वविद्यालयका विद्यार्थीहरु भने अनलाइन कक्षा सञ्चालन नहुँदा मारमा परिरहेका छन् ।

त्यति मात्र होइन आंगिक क्याम्पसहरुमा सञ्चालन हुने सेमेष्टर परीक्षासमेत समयमै सञ्चालन हुन नसकेको विद्यार्थीहरुको गुनासो छ । पदाधिकारीहरुको नियुक्ति नहुँदा आफुहरुले दिएको परीक्षाको नतिजासमेत समयमै प्रकाशित नभएको काठमाडौंमा अवस्थिगत पोखरा विश्वविद्यालयको एक आंगिक क्याम्पसका विद्यार्थीहरुले समयबद्धसँग गुनासो गरेका छन् । विद्यार्थीहरका अनुसार कतिपय विद्यार्थीहरुले ६/७ महिनाअघि लिखित परीक्षा दिएको भएतापनि प्रयोगात्मक परीक्षाको भने अझै मिति तय हुन सकेको छैन । सरकारले समयमै विश्वविद्यालयमा पदाधिकारीहरु नियुक्ति नगर्दा विद्यार्थीहरुले दीक्षान्त समारोह नै बिथोलिन अवस्थामा पुगेको विद्यार्थीहरुको भनाई छ ।

पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न समेत सकेको छैन । विश्वविद्यालयमा सम्बन्धित संकायको लागि आवश्यक पर्ने नीति नियम र नियमित सञ्चालन गरिनु पर्ने अनलाइन कक्षा समेत सञ्चालन हुन नसकेको विद्यार्थीहरुको गुनासो छ ।

विश्वविद्यालयको मूलद्वारमै पटक पटक रिले अनशन दिएर थाकेका विद्यार्थीहरुले पोखराको शहिद चोकस्थित जिल्ला प्रशासन कार्यालयमा पनि भर्खरै धर्ना दिएका छन् ।

विद्यार्थीले विश्वविद्यालयअन्तर्गतका विभिन्न ३ संकायका डीन र निर्देशकहरुको पद रिक्त हुँदा शैक्षिक अन्यौलता बढ्को बताउँदै खालि रहेका पदहरुमा तत्कालै नियुक्ति गर्न माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । विद्यार्थीहरुले विभिन्नि नारा लेखेका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयअघि समेत धर्ना दिएका थिए ।

विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको नेपाल विद्यार्थी संघका नेता राजीव भण्डारीले बताए । उनले विश्वविद्यालय नेतृत्वविहीन भएपछि कर्मचारी नियुक्ति, परीक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह र टिचिङ अस्पतालको निर्माणलगायत काम प्रभावित भएको बताए ।

पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न समेत सकेको छैन । विश्वविद्यालयमा सम्बन्धित संकायको लागि आवश्यक पर्ने नीति नियम र नियमित सञ्चालन गरिनु पर्ने अनलाइन कक्षा समेत सञ्चालन हुन नसकेको विद्यार्थीहरुको गुनासो छ ।

विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबण्डा नमिलेको कारण ढिलाई भएको विद्यार्थीको भनाइ छ । विद्यानअनुसार विश्वविद्यालयमा भिसीको नियुक्तपछि मात्र भिसीले रजिष्ट्रार लगायतका पदहरुमा नियुक्ति गर्दछन् । तर भिसी नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल दुबैले आफ्नो मन्छे नियुक्ति गर्न खोजेपछि बेथितीले जरा गाडेको पोखरा विश्वविद्यालयका एक प्रशासनीक अधिकारीले बताए ।

उपकुलपति मार्फत नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनहरुका पदसमेत हाल रिक्त छन् । त्यति मात्र होइन परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तराष्ट्रिय केन्द्रका कार्यकारी निजर्देशकहरुको पदहरुसमेत रिक्त छ ।

नेपालका अन्य विश्वविद्यालयहरुले देशको विषम परिस्थितीमा समेत राम्रो व्यवस्थापन गर्दै शैक्षिक क्यालेण्डर अनुसार चल्न प्रयास गरिरहेको अवस्थामा पोखरा विश्वविद्यालयलाई भने अनिर्णयको बन्दी बनाउँदा यसबाट देशको उच्च शिक्षामा गुणस्तरियताको कुरा छाडौं विश्वविद्यालयको भविस्य नै अन्यौलमा परेको छ ।

त्यस्तै तीनवटा आंगिक महाविद्यालयका स्कूल निर्देशकहरुसमेत रिक्त छन् ।
उपकुलपतिको अभावसँगै निम्तिएको कोरोनाको प्रभाव र तीन महिनादेखि भएको लकडाउनका कारण विश्वविद्यालयले अध्ययन अध्यापन एवम् परीक्षा सञ्चालन हुन नसकेको निमित्त परीक्षा नियन्त्रक सहप्राध्यापक डा. भरत ढुंगाना बताउँछन् । यस्तो अवस्थामा विद्यार्थीहरुको मूल्याङ्कन गर्न बाह्य परीक्षा तत्काल हुने सम्भवाना पनि नभएको उनी बताउँछन् ।

विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालनका कर्यहरु उपकुलपति नुहँदा गम्भीर असर परेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । त्यसैगरी विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डिले नेतृत्व अभावका कारण विद्यार्थीको मात्र नभई तिनमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरको भविष्य नै अन्यौलमा परेको बताए । पोखरा विश्वविद्यालयको भविष्यलाई जोगाउन प्रधानमन्त्रीले नियुक्तिको प्रकृया चाँडो टुङ्ग्याउनु पर्ने पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेको भनाई छ ।

नेपालका अन्य विश्वविद्यालयहरुले देशको विषम परिस्थितीमा समेत राम्रो व्यवस्थापन गर्दै शैक्षिक क्यालेण्डर अनुसार चल्न प्रयास गरिरहेको अवस्थामा पोखरा विश्वविद्यालयलाई भने अनिर्णयको बन्दी बनाउँदा यसबाट देशको उच्च शिक्षामा गुणस्तरियताको कुरा छाडौं विश्वविद्यालयको भविस्य नै अन्यौलमा परेको छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #pokhara university


प्रतिक्रिया दिनुहोस