Techie IT
×
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सेनेन्द्रराज उप्रेती

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सेनेन्द्रराज उप्रेती


काठमाडौं, २० साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयले डा. उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस