Techie IT
×
गृहपृष्ठप्रदेशकोशी अस्पताल आइसोलेशनमा थप एकनाको मृत्यु

कोशी अस्पताल आइसोलेशनमा थप एकनाको मृत्यु


मोरङ, २० साउन । मोरङको कोशी अस्पताल आइसोलेशनमा थप एक जनाको ज्यान गएको छ ।

उदयपुरका ५५ वर्षका पुरुषको ज्यान गएको हो । स्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र रुघाखोकीको कारण विराटनगरको विराट नर्सिङ होम ल्याएकोमा त्यहाँबाट कोशी अस्पताल पठाइएका बिरामीको गएराति ज्यान गएको कोशी अस्पतालका डाक्टर चुमनलाल दासले जानकारी दिए ।

मृतकको स्वाब सङ्कलन भएको र कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको उनले बताए । हिजो विराटनगर–५ का ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट ज्यान गएको थियो ।


क्याटेगोरी : प्रदेश, प्रदेश १, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस