Techie IT
×
गृहपृष्ठसमाचारकुवेतबाट आममाफी पाएका २९९ जना नेपाली महिला स्वदेश फिर्ता

कुवेतबाट आममाफी पाएका २९९ जना नेपाली महिला स्वदेश फिर्ता


काठमाडौँ, जेठ २९ गते । कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । अहिले फर्किने नेपाली नागरिक पनि सबै महिला रहेका छन् । यसअघि पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । पछिल्लो सहित सहित कुवेतको जजिरा एयरलायन्सबाट २९९ जना नेपाली महिला स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले आज नेपाल फर्कनेको संख्या २९९ जना रहेको छ । भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले राजधानी स्थित विभिन्न होल्डिङ सेन्टरमा लगेका छन्। जहाँ उनीहरुको व्यक्तिगत विवरण संकलन गरेपछि उनीहरुकै चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।

आज फर्केका सबै आममाफी पाएका नेपाली महिला

कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले दिएको जानकारी अनुसार आज स्वदेश फर्किएका सबै नेपाल नागरिक आममाफी पाएका मध्येका हुन्। अझै पनि नेपाल फर्कने अन्य नेपाली नागरिक प्रतीक्षामा रहेका छन् । उनीहरु लकडाउनको समयमा जेलमा रहेको अवस्थामा त्यहाँको सरकारल आम माफी दिएको थियो ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीनसयजना नेपाली बिहिबार फर्कने तय भएको हो ।

बुधबार उनीहरु आउने भनिएपनि कुवेतको र नेपालको समय तालिका नमिलेकाले रद्ध भएको थियो । दुबैतर्फको सहमतिमा आज दुबै जहाज अवतरण हुने तय भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस