डब्लुएचओ भन्छ –कोभिड–१९ अन्त्य गर्ने कुनै अचुक गोली फेला पर्दैन’
काठमाडौ ।विश्वभर भ्याक्सिन खोज्ने प्रयास द्रुतगतिमा भइरहेका बेला विश्व स्वास्थ्य संगठन( डब्लुएचओ)ले कोभिड–१९ अन्त्य गर्ने कुनै अचुक गोली ‘सिल्भर बुलेट’ फेला पर्न नसक्नेको बताएको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार धेरै भन्दा धेरै कोरोनाभाइरस फैलिन रोक्न सार्वजनिक स्वास्थ्यका आधारभूत र रोग नियन्त्रणका नाममा परीक्षण, एक्ल्याउने र उपचार गर्ने पत्ता लगाउने र तिनका सम्पर्कहरूलाई क्वारन्टाइनमा राख्नाले सफलता मिलेको हो ।
सामाजिक दूरी, मास्क लगाउनु, हात धुनु र अरुको अगाडि नखोक्ने जस्ता सावधानी अपनाएको व्यवहार सर्वाधिक महत्वपूर्ण कुरो भएको महानिर्देशकले जनाए ।
सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताए । उनले भने “अहिलेसम्म कुनै अचुक गोली सिल्भर बुलेट बनाउन सकिएको छैन र यो सम्भवतः कहिल्यै हुन सक्दैन”
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking