Techie IT
×
गृहपृष्ठप्रदेशसप्तरीमा भोलि बिहानदेखि निषेधाज्ञा

सप्तरीमा भोलि बिहानदेखि निषेधाज्ञा


सप्तरी, १९ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सन्क्रमण पुष्टि भइसकेको छ भने संक्रमित मध्ये एकजनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #Corona


तपाईको प्रतिक्रिया दिनुहोस