Techie IT
×
गृहपृष्ठप्रदेशकोशीकोशी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु


मोरङ, १९ साउन । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका ५ आदर्श टोलका ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । ती पुरुष मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

सोमबार प्रदेश १ मा मात्रै ५७ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २८ पुगेको छ ।


क्याटेगोरी : प्रदेश, कोशी, समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस