Techie IT
×
गृहपृष्ठसमाचारलगानी बोर्डको सीईओमा सुशील भट्ट

लगानी बोर्डको सीईओमा सुशील भट्ट


काठमाडौं, १९ साउन। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

ठूला आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन तथा सहजीकरण गर्न स्थापित बोर्डमा यसअघि नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए। अधिकारी कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा। युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो। भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुन् भने कोइराला वैदेशिक लगानीसम्बन्धि जानकार र खतिवडा विद्युत नियमन आयोगका पूर्व सदस्य हुन्।

बोर्डमा भट्टलाई ल्याइने अनुमान यसअघि नै गरिएको थियो। सीईओ पदका लागि आवेदन दिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले अन्तिम अवस्थामा प्रतिस्पर्धा छोडेका थिए। प्रतिस्पर्धाअन्तर्गत १६ साउनमा भएको प्रस्तुतिकरणमा ज्ञवाली सहभागी भएका थिएनन्।

प्रधानमन्त्री ओलीसँग बाक्लो हिमचिम भएका भट्ट बोर्डको सीईओमा नियुक्त हुने अनुमान गरिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस