Techie IT
×
गृहपृष्ठप्रदेशकरेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गयो

करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गयो


दाङ, १९ साउन । जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ ।
ज्यान जानेमा घोराही उपमहानगरपालिका १ को हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।

बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते भएका छन् ।

जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेको हो ।

दिलबहादुरको अवस्था गम्भीर रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस