डेढ तोलाको सुनको सिक्री लुटपाट
काठमाडौं, १९ साउन । नागार्जुन नगरपालिका–१ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ ।
हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी :
समाचार