Techie IT
×
गृहपृष्ठसमाचारजोमसोममा बाह्रबोर बन्दुक सहित पक्राउ

जोमसोममा बाह्रबोर बन्दुक सहित पक्राउ


मुस्ताङ, १९ साउन  ।घरपझोङ गाउँपालिका–३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस