मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता

सिन्धुपाल्चोक । गत रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन् । कभर्ड हल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् । बेपत्ता भएका मध्ये १ जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया