जनकपुर उपमहानगरपालिकाभित्र आज रातिदेखि निषेधाज्ञा
जनकपुरधाम, १९ साउन । जनकपुरधाम उपमहानगरपालिकाभित्र आज राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।
सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश,
समाचार,
स्वास्थ्य
ट्याग : #Corona