Techie IT
×
गृहपृष्ठप्रदेशमेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता

मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता


सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस