Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियछोरी दुई वर्ष भएपछि बिहे गरिन फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन

छोरी दुई वर्ष भएपछि बिहे गरिन फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन


काठमाडौ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लामोसमयदेखि सँगै बस्दै आएका मारकस राइकोनेनसँग बिहे गरेकी छिन् ।

३४ वर्षीय दम्पत्तिको छोरी एम्मा अमालिया मरिन अढाइ बर्षकी छिन् । १८ वर्ष पछि पहिलो भेट भएपछि विगत १६ बर्षदेखि दुबै जना सँगै बस्दै आएका थिए ।

४० जना आफन्त र अतिथिको उपस्थितिमा बिहे प्रधानमन्त्री निवासमा सम्पन्न भयो ।

बिहेको भोलिपल्ट प्रधानमन्त्री मरिनले पतिसँगको फोटो इन्स्टाग्राममा साझा गर्दै क्याप्सनमा ‘हामी दुबै एक अर्काको चाहाना भयो । मैले माया गर्ने व्यक्तिसँग मेरो जीवन साझा गरेकी छु । हामीले दुख सुखका लामो समय सँगै अनुभव गरेका छौ र एक अर्कालाई आँधी तुफानमा साथ दिएका छौ ।’

साथै उनले हामी दुबैको एक छोरी हुर्कदै गरेको समेत उल्लेख गरेकी छिन् ।

फिनल्यान्डको मध्यबाम पार्टीको तर्फबाट प्रधानमन्त्री बनेकी छिन् । मरिनका पति पूर्व फुटबल खेलाडी हुन ।

बिहेको पोस्ट गरेको दुई घन्टामै ८५ हजार लाइक प्राप्त गरिन । गत डिसेम्बरमा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी मरिन सोसल डेमोक्रेट हुन । प्रधानमन्त्रीको सपथ लिएका बेला उनी विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीको रूपमा सपथ लिएकी थिइन ।

उनले सपथ लिएको केही साता पछि मात्र अस्ट्रियनको चान्सलरको रूपमा सत्ता सम्हाल्ने सेबास्टियन कुर्ज ३४ वर्षका थिए ।

किशोरावस्थामा मरिनले बेकरीमा काम गरेकी थिइन । आफूले राजनीति गर्ने कहिल्यै कल्पना नगरेको समेत प्रधानमन्त्री मरिनले स्वीकार गरेकी छिन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस