मोटरसाइकल दुर्घटनामा परी मृत्यु
सर्लाही,१८ साउन । लालबन्दीनगरपालिका–७ घिमिरे चोकस्थित सडकमाप्रदेश नम्बर नम्बर २–०३–००३ प ६६८९नम्बरको मोटरसाइकल र ज.१ प२३३ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ज १प २३३ नम्बरको मोटरसाइकल चालक रौतहट ईशनाथ ननगरपालिका–७ बस्ने ५५ वर्षीय नन्दकिशोर साहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै तथा प्रदेश नम्बर २–०३–००३ प ६६८९नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ५० वर्षीय ब्रमदेव चौधरीको लालबन्दीस्थित गढिमाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ज.१प २३३ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय श्याम साहको महेन्द्रनगर हेल्थकेयरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश