Techie IT
×
गृहपृष्ठसमाचारकुटपिट गरी आफ्नै बाबुको हत्या

कुटपिट गरी आफ्नै बाबुको हत्या


ललितपुर,१८ साउन । कुटपिट गरीआफ्नै बाबुकोहत्या गरेको अभियोगमा गोदावरीनगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीयसन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारकोक्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस