Techie IT
×
गृहपृष्ठप्रदेशट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भए पछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।

सो महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले भने सिल भन्ने कि के भन्ने भन्दा पनि संक्रमण नसरोस भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको छ ।

अहिले रामशाहपथ स्थित व्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै त्यहाँ रहेका प्रहरीलाई पनि बाहिर जान दिइएको छैन ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस