Techie IT
×
गृहपृष्ठप्रदेशसर्लाहीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


सर्लाही, १८ साउन । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो बेलुकी लालबन्दी नगरपालिका(१७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका(७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ती व्यक्तिको भने परिचय खुलेको छैन ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस