गृहपृष्ठ ∕
समाचार ∕
बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार
बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार
काठमाडौँ, २९ जेठ । सरकारको विरोधमा बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न ४–५ राउन्ड अश्रुग्यास पनि हनेको हो ।
पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।
युवाहरुको प्रदर्शन अहिले पनि जारी छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking