Techie IT
×
गृहपृष्ठसमाचारपत्रकार महासंघको अध्यक्ष पोखरेल स्वतः निलम्बित

पत्रकार महासंघको अध्यक्ष पोखरेल स्वतः निलम्बित


नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकले अवार्ड प्रकरण, प्रेस काउन्सिलमा अवैद्य सिफारिस, किर्ते हस्ताक्षरसहितको मुद्दालाई लिएर नेपाल पत्रकार महासंघको बैठकले छानविन समिति गठन गरेपछि अध्यक्ष विपुल पोखरेल स्वतः निलम्बित अवस्थामा पुगेका छन् ।

पत्रकार महासंघको इतिहासमै पहिलो पटक आफ्नै अध्यक्षमाथि छानविन भएको घटनाले पत्रकार जगतमा नयाँ तरंग ल्याएको छ । नेपाली पत्रकारहरुको छाता संगठन महासंघका अध्यक्षको हर्कतले पत्रकारिता जगत पनि पहिलो पल्ट लज्जित हुनपुगेको हो । विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार, अन्याय अत्याचार विरुद्ध कलम चलाउने हरुका नेता नै विवादास्पद बनेका छन् । आवाज विहीन हरुका आवाज घन्काउने पत्रकारिता जगतका नेताको यो हर्कतलाई सुनपानी छर्केर चोख्याउने प्रयास गरे यो क्षेत्र पनि प्रदुषित हुने आमनागरिकको धारणा छ । छानबिन समितिले चोख्याउँछ कि निलम्बनको सिफारिस गर्छ त्यो भने हेर्न बाँकी छ । तर, छानबिनमा पर्नु मात्र पनि पोखरेलको निलम्बन हो । उनले छानबिन समितको प्रतिवेदन आउनु अघिसम्म कुनै सार्वजनिक कार्यक्रममा जाने, पत्रकारितासम्बद्ध संस्थामा प्रतिनिधित्व गर्ने विषय भने केन्द्रीय समितिले रोक्न सक्नु पर्छ ।

यहाँ स्मरणीय छ, नेपाल पत्रकार महासंघको हालै बसेको केन्द्रीय समितिको वैठकले महासंघका सभापतिका विषयमा विवादास्पद संस्थासँग मिलेर अवार्ड कार्यक्रम गरेको, प्रेस काउन्सिलमा अध्यक्ष बनाउन किर्ते कागजातमा हस्ताक्षर गरेकोसहितका विषयमा छानविन गर्न महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा धर्मेन्द्र झा र शिव गाउँले सम्मिलित समिति बनेको छ । श्रमजीवी पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाको पक्षमा काम नगरेको, स्वतन्त्र न्यायपालिकासहित लोकतान्त्रिक अजेण्डाको पक्षमा जानुपर्नेमा काम नगरेको लगायत विषयमा पनि अध्यक्षका विरुद्ध आवाज उठिरहेको छ ।

दलदलमा पत्रकार महासंघ : बचाउन सक्छ केन्द्रीय समितिले ?

किन विवादमा तानिइरहन्छन् पत्रकार महासंघका अध्यक्ष पोखरेल ?


क्याटेगोरी : समाचार
ट्याग : #fnj, #hot


तपाईको प्रतिक्रिया दिनुहोस