Techie IT
×
गृहपृष्ठसमाचारमनसुन भित्रिन लागेकाले पानी पर्ने क्रम बढ्ने

मनसुन भित्रिन लागेकाले पानी पर्ने क्रम बढ्ने


काठमाडौं, जेठ २९ । मनसुन भित्रिन लागेकाले अब बिस्तारै पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

मनसुनका लागि उपयुक्त प्रणाली बन्ने क्रममा रहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार अब मनसुनअघिको अवस्था भन्दा फरक पानी पर्न थाल्नेछ ।

सामान्यतया मनसुन अघिको अवस्थामा झ्वार्र पानी परेर रोकिन्छ भने मनसुनमा निरन्तर पानी परिरहनेछ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने भएपनि केही वर्षयता ढिला भित्रिएर ढिला नै बाहिरिने गरेको छ ।

अबको एकदुई दिनमा नेपालमा मनसुन भित्रने देखिएकाले त्यसपछि नै मौसम पुर्वानुमान महाशाखाले मनसुन भित्रिएको घोषणा गर्ने तयारी गरेको छ । आज देशभरी कै मौसम आशिंक देखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ ।

उनका अनुसार आज पश्चिमको तुलनामा पूर्वका केही ठाउँमा अलि धेरै पानी पर्ने सम्भावना छ


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस