Techie IT
×
गृहपृष्ठप्रवासदोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने

दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने

सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई बुझाउने छ ।


काठमाण्डौ । एनआरएनले  विदेशमा रहेका र विदेशबाट फर्किएकानेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवंसमृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञानसम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरतादिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन (2nd NRN Global Knowledge Convention)  २०२० अक्टोबर ९ देखि ११सम्म (असोज २३–२५) आयोजना हुने भएको छ ।

विश्व  यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ। विश्व अर्थतन्त्र धरासायी बनेको छ भने लाखौँ मानिसरोजगारविमुख भएका छन् । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन् । कोरोनाका कारण हजारौँश्रमिक नेपाली स्वदेश फर्किएका छन्,  उनीहरुको  व्यवस्थापन रउद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो । अत: यससम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात्विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्नेरणनीतिका  केन्द्रित हुनेछ ।  साथै  सम्मेलन  संयुक्तराष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँपञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमाकार्यपत्र प्रस्तुत गर्नेछन् ।  एनआरएनए सचिबालयद्वारा प्रेषित सुचनामा भनिएको छ ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुनलागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियमसेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपालीविज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएकाविदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।  सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई बुझाउने छ ।

सम्मेलनको  संयोजक डा. हेम राज शर्मा ( महासचिवएनआरएनए ) र सहसंयोजक डा. हरि प्रसाद  दाहाल   एनआरएनए आइसीसी सदस्य ) रहेका छन् ।   सम्मेलनआयोजनाका लागि विभिन्न सल्लाहकार सम्मिलित समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिमा डा. अम्बिकाअधिकारी, (एरिजोना अमेरिका), नीति अनुसन्धान संस्थाननेपालका कार्यकारी प्रमुख डा. विष्णु उप्रेती, प्रोफेसर डेबिडजेलनर (युर्निभसिर्टी अफ अक्फोर्ड, यूके ), डा. धर्मकान्तबास्कोटा (त्रिभुवन विश्वविद्यालयका उप कुलपति), डा. द्रोणरसाइली (ब्रिटिश कोलम्बिया, प्रोभेन्सियल हेल्थ सर्भिसेज्अर्थोरिटी, क्यानडा ), गणेश शाह, पूर्व वातावरण विज्ञान तथाप्रविधि मन्त्री नेपाल ), प्रोफेसर गणेशमान गुरुङ ( कुलपतिगण्डकी विश्वविद्यालय नेपाल), प्रोफेसर जोना पयाफ्सार्नेक्का (बीलेफेल्ड युर्निभसिर्टी जर्मनी ), महाबीर पुन(कार्यकारी प्रमुख राष्ट्रिय अविष्कार केन्द्र) प्रोफेसर माइकलहर्ट्  (लण्डन विश्वविद्यालय यूके), नरेश कोइराला( नेपाललाब्रेरी फाउण्डेशन, क्यानडा), डा. प्रमोद ढकाल (एनआरएनएएकेडेमी नेपाल), डा. पुरु श्रेष्ठ (कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ अमेरिका ), प्रोफेसर पुष्पराज कँडेल( उपाध्यक्ष, राष्ट्रिय योजना आयोग) डा. राजु अधिकारी (रोयलमेलवर्न इन्टिच्यूट अफ टेक्लोलोजी युर्निभसिर्टी, अष्ट्रेलिया), प्रोफेसर रामकण्ठ  माकाजू (उप कुलपति, काठमाडौंयुर्निभर्सिटी नेपाल), डा. सन्दुक रुइत (सह संस्थापक, हिमालयन क्याटर्याक्ट प्रोजेक्ट, नेपाल) डा. सञ्जय शर्मा ( सचिव  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय), प्रोफेसरशोभाकर ढकाल (एसिन इस्टिच्यूट अफ टेक्नोलोजी, थाइल्याण्ड) डा. सुनिल बाबु श्रेष्ठ, उपकुलपति, नेपाल एकेडेमीअफ साइन्स एण्ड टेक्नोलोजी), डा. स्वर्णिम वाग्ले( कार्यकारीप्रमुख, इन्टिच्यूट फर इन्टिग्रटेट, डेभलप्मेन्ट स्टडिज) डा. उषाझा  (सदस्य, राष्ट्रिय योजना आयोग) रहेका छन् ।

सम्मेलनमा डा.  विश्व पौडेल र रञ्जित महतोको संयोजनमा‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफरिकभरी, डा. द्रोण रसाइली र डा. पुरु श्रेष्ठको संयोजनमा‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर’   तथा डा. राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्डकमर्शलाइजेशन’ विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।यस्तै,  डा. जगदीश तिमल्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्डफुड सेक्युरिटी’, डा. देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकलटेक्नोलोजिस, रञ्जित महतो र अनलराज भट्टराईकोसंयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा. ज्ञानेन्द्रप्रसाद जोशीर लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फरइकोनोमिक ट्रान्सफरमेशन’, डा. ज्ञानेन्द्रप्रसाद जोशीकोसंयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा. राजु अधिकारी र डा. रामेश्वर अधिकारीको संयोजनमा‘इनोभेसन एण्ड स्टारटप्स, डा. तारा सिग्देल र डा. नारायणअधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा द्रोण रसाइली र डा. अर्चना अमात्यको संयोजनमा‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्रप्रस्तुत गर्नेछन् ।  साथै रतन झाको संयोजनमा ‘फिजिकलइन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा. सञ्जिव सापकोटाकोसंयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा. कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज, डा. विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा गोपीउप्रेती र डा. पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट,डा.  अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वानडेभलपमेन्ट’ तथा डा. उत्तम गौली र डा. उमा प्रधानकोसंयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत गर्नेछन् ।

यस सम्मेलनका  प्रस्तुत गरिने कार्यपत्रको सारांश १ अगष्ट२०२० देखि  ५ सेप्टेम्बर २०२० सम्म बुझाइसक्नु पर्नेछ ।सम्मेलनमा उपयुक्त कार्यपत्र छनोट गरी १५ सप्टेम्बरसम्मसम्बन्धित सबैमा जानकारी गराइनेछ । सम्मेलनमा सहभागीहुन  १ सेप्टेम्बर २०२० बाटै रजिष्ट्रेशन सुरु गरिनेछ । सम्मेलनमासहभागी हुनका लागि विदेशस्थित नेपालीहरुका लागि ६०(कार्यक्रम स्थलमा) र २० डलर (अनलाइनमार्फत)  शुल्क तयगरिएको छ । यस्तै स्थानीय सहभागीका लागि ४० (कार्यक्रमस्थलमा) र २० डलर (अनलाइनमर्फत), र स्थानीय विद्यार्थीकालागि २० (कार्यक्रम स्थलमा) र १० डलर (अनलाइनमार्फत)शुल्क तय गरिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशतछुटको व्यवस्था समेत गरिएको छ । सम्मेलनमा  आमन्त्रितअतिथिका लागि भने सहभागिता शुल्क लाग्ने छैन ।

सम्मेलन कसरी र कहाँ गर्ने भन्नेबारे कोरोना भाइरसकोसंक्रमणको अवस्थाले निर्धारण गर्नेछ  । यद्यपी कोरोनाभाइरसको प्रभाव सामान्य हुँदै गए काठमाडौँ विश्वविद्यालयमासम्मेलन आयोजना गर्ने तयारी गरेका छ ।  तर कोरोना भाइरस(कोभिड–१९) को प्रभाव रहिरहेमा सो सम्मेलनलाई अनलाईनसम्मेलनको रुपमा परिणत गर्ने एनआरएनले जनाएको छ ।

 


क्याटेगोरी : प्रवास, समाचार


प्रतिक्रिया दिनुहोस